२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

क्रान्तिकारी माओवादीद्धारा बर्दघाटमा एमसीसी विरुद्ध प्रदर्शन

२०७८ भाद्र २२, मंगलबार प्रकाशित ( साल अघि) १७६५ पाठक संख्या

परासी, २२ भदौ । नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बर्दघाटमा बिरोध प्रदर्शन गरेको छ ।
बर्दघाटको टिसिएन चोकबाट नाराजुलुस सहित निकालिएको र्यालीले हाटबजार हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
एमसिसि खारेज गर ! वैदेशिक हस्ताक्षेप बन्द गर !! लगायतका नाराबाजी गर्दै निकालिएको जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य एवं जिल्ला सेक्रेटरी छबिलाल खरेलले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
त्यस्तै क्रान्तिकारी माओवादी प्रदेश सदस्य क्षेत्र बहादुर थापाले एमसिसि इन्डो प्यासिफिक रणनीतिको अङग रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोसाध्यक्ष एवं प्रदेश संयोजक रवि पान्डेयले एमसिसिको बिरुद्ध सबै बर्ग समुदाय तथा पेशाका नागरिकहरु एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता रामचन्द्र पोखरेल;नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि भन्डारीले बोल्नुभएको थियो । क्रान्तिकारी माओवादिले एम सि सिको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस