२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सवारी दुर्घटनामा प्रहरी निरीक्षक वाग्लेको मृत्यु

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) ७३२ पाठक संख्या

मोहन पौडेल
परासी,२६ साउन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको सवारी दुर्घटनामा परि निधन भएको छ ।
गएराति डियुटीमा रहेका बेला मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते हुनुभएका वाग्नलेको उपचारको क्रममा निधन भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोही प्रहरी कार्यालयदेखि करिब १५० मिटर पूर्व बर्दघाटमा राति लु १४ प ८७५८ मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते वाग्लेको उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो ।उहाँको उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
तनहुँको म्याग्दे गाउँपालिका—४ का स्थायी वासिन्दा वाग्ले गत पुसदेखि ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत हुनुहुन्थ्यो । ठक्कर दिने मोटरसाइकलका चालक सुनवल–१ बस्ने दीपेन्द्र पुनमगर पनि घाइते भएको उहाँले बताउनुभयो । मगरलाई र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस