२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

क्रियाशील सदस्यताको विवाद छैन, भ्रम सिर्जना गरियो – नवलपरासी कांग्रेस

२०७८ श्रावण १९, मंगलबार प्रकाशित ( साल अघि) १०२७ पाठक संख्या

परासी, १९ साउन । नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लामा क्रियाशील सदस्यताको विषयमा विवाद नरहेको तर एउटा समूहले भ्रामत्मक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसको संघीय क्षेत्र न–२ का पार्टीका सभापति नरेन्द्र कुमार गुप्ता र प्रदेश क्षेत्र न २ ( ख )– का सभापति दिनेश मणी पटेलले संयुक्त रुपमा जारी गरेको बिज्ञप्ती प्रति विरोध जनाएको छ ।
क्षेत्रीय सभापति गुप्ता र पटेलद्धारा साउन १६ गते संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै जिल्लाको रामग्राम नगरपालीका ३ , १५ र १६ तथा पाल्हीन्दन गाउंपालिकाको ४ वडामा पार्टीको क्रियाशिल सदस्यता वारे विवाद रहेको भन्ने भ्रामक प्रचार गरेकोले सो प्रति आपत्ति जनाईएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ), नेपाली कांग्रेस संघीय क्षेत्रिय कार्य समिति २ र नेपाली कांग्रेस रामग्राम नगर कार्य समिति तथा पाल्हीनन्दन गाउं कार्य समितिले आज छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै क्षेत्रीय सभापति गुप्ता र पटेलले जारी गरेको बिज्ञप्ती पुर्णभ्रामक , सामाधान उन्मुख रहेको क्रियाशिल सदस्यता वितरण कार्यलाई प्रभावित गर्ने ,जिल्लालाई विवादीत देखाउने तथा गैर जिम्मेवार पुर्ण कार्य गरेको आरोप लगाईएको छ ।
१४ औ महाधिबेशनका लागि वडा , नगर तथा गाउँपालिकाबाट नेपाली कांग्रेसको विधान बमोजीम क्रियाशिल सदस्यता नविकरण तथा नयां सदस्यताको लागि पठाएकोमा केन्द्रबाट प्रारम्भीक रुपमा सार्वजनिक हुदा नगर र वडा बाट सिफारिस गरिएको भन्दा फरक रही उल्लेखित वडामा नियम बिपरित अधिकाशं नाममा फेरबदल गरी आएको सार्वजनिक भएपश्चात वडा र नगरलाई सो सम्वन्धमा थाहा भई केन्द्रले तोकिएको अवधि भित्र उक्त नामावली वडा ÷ गाउं ÷ नगर कार्य समितिले गरेको सिफारिसलाई नै मान्यता दिनुपर्ने भनि केन्द्रमा गरिएको उजुरी पश्चात सभापति गुप्ता र पटेलले आफुहरुले विधान बिपरित पठाएको क्रियाशिल सदस्यहरुलाई समाबेश गर्न केन्द्रलाई दवाव र प्रभावमा पार्ने प्रयास निरन्तर जारी राखेपनि सो अनुरुप थप नभएपछि पुन जिल्लामा सदस्यता विवाद छ भन्दै बिज्ञप्ती मार्फत असत्य प्रचार गरिएको कांग्रेसको दाबी छ ।
पार्टीका जिल्ला सभापति बिष्णु पौडेलद्धारा जारी विज्ञप्तीमा बिधान बमोजीम वडा तथा गाउं नगरबाट सिफारिस गरिएका क्रियाशिल सदस्यहरु समाबेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान बिपरित जिल्ला तहबाट कुनै किसीमको केन्द्रलाई दवाव नरहेको कुरा स्पष्ट पादै जिल्लाको तर्फबाट कुनै किसीमको केन्द्रमा दवाव नदिईएको कुरा स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेस,नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) २ का संघीय क्षेत्रिय सचिव त्रय आनन्दकन्द मिश्र , माधव प्रसाद पाण्डे र प्रदिप सिंह क्षेत्रीले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित क्रियाशिल सदस्य केन्द्रमा पठाएर विवाद झिक्दै आएको बताउनुभएको छ ।
यसैगरी रामग्राम नगर कार्य समितिका कार्यवहाक सभापति श्रीधर वस्याल र पाल्हीनन्दन गाउं कार्य समितिका सभापति हरिहर चौहान द्धारा जारी बिज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित क्रियाशिल सदस्य थप्ने उद्देश्यले सदस्यता दिलाउन किर्ते काजगपत्र तयार गरि केन्द्रमा पठाएपनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सृजना गरी बिज्ञप्ती जारी गरी भ्रामक प्रचार गरिएको आरोप लगाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस