२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) १३९६ पाठक संख्या

काठमाडौं, साउन १२ ।मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै, सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ रहनुभएकाे छ ।

त्यस्तै, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ्ग र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनकाे नाम सिफारिस गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

साथै, प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ  २५  गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस