२०८३ आश्विन ८, बिहिबार
24 खबर अपडेट

रामग्राम कांग्रेसको नेतृत्वमा बलिराम यादव, अरु को-को भए निर्वाचित ? (सूचीसहित)

२०८३ आश्विन ८, बिहिबार प्रकाशित ( घण्टा अघि) ८२ पाठक संख्या

परासी,८ असोज । नेपाली कांग्रेस रामग्राम नगर कार्यसमितिको सभापतिमा बलिराम यादव निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न नगर अधिवेशनबाट यादवको नेतृत्वमा २७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन भएको हो।
शिक्षा र समाजसेवाको क्षेत्रमा सक्रिय यादव रामग्राम नगरपालिका–१६ हकुइस्थित द प्याराडाइज नेशनल बोर्डिङ स्कुलका सञ्चालक हुनुहुन्छ। लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आउनुभएका यादव सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ।नगर सभापतिको जिम्मेवारी पाएसँगै यादवले रामग्राम नगर क्षेत्रमा कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Bb1

निर्वाचन अधिकृत सूर्यनाथ दास पटेलका अनुसार नगर कार्यसमितिको उपसभापति (खुला) मा आशुतोष पाठक, उपसभापति (महिला) मा साधना शर्मा ढुंगाना, सचिवमा गिरीराज पाण्डेय र सहसचिवमा इमामुल अलि मुसलमान निर्विरोध निर्वाचित हुनुभएको छ।
यी हुन रामग्राम नगर कार्यसमितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरु :

Bb2 Bb3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस