२०८३ श्रावण २७, बुधबार
24 खबर अपडेट

जग्गा सम्बन्धि विवादपछि कठहवामा सडक कालोपत्रे रोकियो, चलनचल्तीको बाटो नरोक्न स्थानीयको माग

२०८३ श्रावण २७, बुधबार प्रकाशित ( घण्टा अघि) ९२ पाठक संख्या

परासी, २७ साउन । जग्गा सम्बन्धी विवाद उत्पन्न भएपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित बेलाटारी–कठहवा सम्पर्क हुलाकी सडक खण्ड अन्र्तगत कठहवामा सडक कालोपत्रेको काम रोकिएको छ ।
प्रतापपुर–६ कठहवामा सडकमै ब्यक्तिको जग्गा परेको भन्दै विबाद उत्पन्न भएपछि करिव १ सय ८० मिटर सडक कालोपत्रे हुन सकेको छैन । स्थानीयले हालको सडक नै पुरानो बाटो रहेको बताउँछन् । यो सडक यस अघि तीनपटक सम्म कालोपत्रे भैसकेपनि अहिले आएर रोकिएको भन्दै स्थानीय आक्रोसित छन् ।
त्यहाँका अधिकांश स्थानीयवासीले चलनचल्तीकै पुरानो सडक कायम हुनुपर्ने माग गर्दै पटकपटक प्रतापपुर गाउँपालिकाा जनप्रतिनिधिहरु सहित सरोकारवाला पक्षसंग छलफलमा बसे पनि अहिले सम्म निकास निस्किएको छैन । कालोपत्रे हुन बाँकी रहेको हालको सडक पश्चिमतर्फ रविन्द्र प्रसाद मिश्रको जग्गा रहेको छ भने पूर्वतर्फ दिनेश चन्द त्रिपाठीको नामको जग्गा रहेको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तु मार्फत ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको उक्त सडक खण्ड गत २०८२ असोज ३० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्यादसहित कन्टेक प्रा.लि नक्साल काठमाण्डौले २०७६ कार्तिक २९ गते ठेक्का सम्झौता गरी काम गरेको थियो ।
२७ करोड २३ लाख ५ हजार ७ सय ३३ रुपैयाँमा सम्झौता भइ काम सम्पन्न भैसक्दा पनि कठहवा गाउँको एपेक्स स्कुलदेखि मन्दिरसम्मको जग्गा विवादले झण्डै २ सय मिटर सडक कालोपत्रे हुन सकेन । स्थानीय मिश्र परिवारले आफ्नो जग्गा दावी गरी कालोपत्रे गर्न नदिएपछि काम अलपत्र परेको स्थानीयले बताएका छन् ।
रविन्द्रका बुवा र्तिथराज मिश्र वि.स. २०१७ साल देखी २०३९ सालसम्म प्रधान पञ्च हुँदा नै उक्त सडकको स्तर उन्नती गर्नका लागि पहिलोपटक ग्रावेल गरेको स्थानीयको भनाइ छ । विगतमा मिश्र परिवारले नै यो सडकको विकासका लागि सहयोग गरेकोमा अहिले आएर बर्षौँ देखि चलनचल्तीको सडकमा कालोपत्रे गर्ने कार्यमा अवरोध गर्न नहुने स्थानीयको तर्क छ ।
स्थानीय धीरज त्रिपाठीले वर्षाैँदेखिको चलनचल्तीको बाटो रोक्न नमिल्ने बताउनुहुन्छ । उहाँले सडकको पुर्जा कसरी व्यक्तिको नाममा निस्कियो भन्दै आश्चर्य ब्यक्त गर्दै छानविनको माग गर्नुभएको छ । नक्सामा भने सडक हालको स्थानदेखि पश्चिमतर्फ देखिन्छ ।
नक्सा अनुसार सडकको पूर्वतर्फ मिश्र परिवारकै केही जग्गा रहेका कारण नक्सा अनुसारको सडक कायम हुनुपर्ने भन्दै कालोपत्रे गर्न रोक लगाएको रबिन्द्रका भाई देवेन्द्र मिश्रको भनाई छ । अलालतका कागजपत्र देखाउँदै उहाँले भन्नुभयो, “मलाई सडक प्रति कुनै आपत्ति होइन्, यति मात्र हो की नक्सा अनुसार हुनुप¥यो, यसको लागि अदालतबाटै फैसला भैसकेको छ ।” विगतमा जबरजस्ती बाटो बनाइएको उहाँको दाबी थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस