२०८३ जेष्ठ ३१, आईतबार
24 खबर अपडेट

रक्तदान तथा मानवीय सेवामा योगदान गर्ने नियमित रक्तदाता तथा संस्थाहरुलाई रेडक्रसको सम्मान

२०८३ जेष्ठ ३१, आईतबार प्रकाशित ( घण्टा अघि) ९८ पाठक संख्या

मोहन पौडेल
परासी,३१ जेठ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले विश्व रक्तदाता दिवसको अवसरमा जिल्लामा रक्तदान तथा मानवीय सेवामा योगदान पु¥याउने व्यक्ति र संस्थाहरुसहित ६६ जनालाई सम्मान गरेको छ।
रेडक्रस जिल्ला शाखाद्वारा आइतबार परासीमा आयोजित सातौँ वार्षिक जिल्ला साधारणसभा तथा रक्तदाता दिवस कार्यक्रममा १५ पटकभन्दा बढी रक्तदान गरेका ९ जना नियमित रक्तदातालाई सम्मानपत्रसहित सम्मान गरिएको हो । उनीहरुले रक्तदानमार्फत जीवन रक्षाको अभियानमा देखाएको समर्पणलाई उच्च मूल्याङ्कन गर्दै थप हौसला र समाजका प्रेरणादायी व्यक्तित्वका रूपमा सम्मान गरिएको रेडक्रसले जनाएको छ ।
त्यस्तै गत एक वर्षको अवधिमा जिल्लाभर रक्तदान कार्यक्रम आयोजना गरी रक्त सञ्चारमा विशेष योगदान पु¥याउने ५४ वटा संघ–संस्थालाई समेत सम्मान गरिएको थियो। ती संस्थाहरुले नियमित रक्तदान अभियान सञ्चालन गरी जिल्लामा रगत अभाव हुन नदिन महत्वपूर्ण भूमिका खेलेका थिए ।

Re2

यसैगरी रक्तदान र विपद् व्यवस्थापनको क्षेत्रमा विशेष सहयोग पु¥याउने पाल्हीनन्दन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चुल्हाइ यादव, वडा नं. २ का वडा अध्यक्ष जगदीश गुप्ता र वडा नं. ३ का वडा अध्यक्ष गोधन हरिजन गरी ३ जना वडा अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो। जनप्रतिनिधिहरुले संकटका बेला देखाएको सक्रियता र सहकार्यले मानवीय सेवामा थप ऊर्जा मिलेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो ।
सभापति अग्रहरीले समाजमा रक्तदानप्रति सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिँदै स्थानीय तहले युवाहरुलाई यस अभियानमा सहभागी गराउन आवश्यक रहेको उल्लेख गर्दै रक्त सञ्चार र विपदको क्षेत्रमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । आगामी दिनमा पनि रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउने, जनचेतना विस्तार गर्ने तथा विपद् व्यवस्थापनमा सहकार्य सुदृढ गर्ने उहाँको प्रतिबद्धता थियो।

Re3

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा भएको साधारणसभामा जिल्ला शाखाका मन्त्री ऋषिराम सुवेदीले पेश गरेको वार्षिक प्रतिवेदन एवं आगामी नीति तथा कार्यक्रम र कोषाध्यक्ष रामकुमार गुप्ताले पेश गरेको आर्थिक प्रतिवेदन छलफलसहित पारित गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यालय सहायक सन्देश ठाकुरले बताउनुभयो ।

Re4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस