२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

सीमावर्ती महेशपुरमा रक्त सञ्चार सम्बन्धि जागरण

२०८२ बैशाख २२, सोमबार प्रकाशित ( महिना अघि) १६४ पाठक संख्या

परासी, २२ वैशाख । पश्चिम नवलपरासीस्थित भारतीय सीमा क्षेत्र महेशपुरमा रक्त सञ्चार सेवा सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले पाल्हीनन्दन गाउँपालिका वडा नं. १ कार्यालयसँगको सहकार्यमा आइतबार स्थानीय जनसमुदायलाई लक्षित गरी जागरण कार्यक्रम गरेको हो ।
सीमावर्ती क्षेत्रका नागरिकमा रक्तदानको महत्व, सुरक्षित र नियमित रक्तदान,रक्त सञ्चार प्रणाली र संकलनको विषयमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो ।
विशेषगरी जिल्लाको हुलाकी सडक र दक्षिणी क्षेत्र आसपासका नागरिकमा रक्तदानको विषयमा जनचेतनाको अभाव र विभिन्न भ्रमहरु रहेकोले रक्तदानको महत्व बुझाउँदै रक्तदान गर्न प्रेरित गर्न खोजिएको उहाँले बताउनुभयो । यस क्षेत्रबाट रगतको माग बढी आउने तर रक्तदान गर्न नखोज्ने प्रवृत्ति रहेकोले रक्तदानको विषयमा रहेका भ्रमहरु अन्त्य गर्न पनि जागरण कार्यक्रम प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पाल्हीनन्दन–१ का वडा अध्यक्ष चुल्हाई प्रसाद यादवको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपमन्त्री एवं रक्त सञ्चार सेवा केन्द्रका संयोजक सुरज केसीले रेडक्रस, रक्त सञ्चार सेवा, रक्तदानको महत्व,निःशुल्क रगत सेवा लगायतका विषयमा प्रकाश पार्नुभएको थियो ।
ग्रामीण क्षेत्रका नागरिकलाई रक्तदानको महत्व बुझाउन पाल्हीनन्दनका अन्य वडाहरुमा पनि जागरण अभियानलाई निरन्तरता दिइने रेडक्रस जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो । शुक्रबार सोही गाउँपालिकाको वडा नं. ३ बाट जागरण अभियान शुभारम्भ गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस