२०८३ कार्तिक १२, बुधबार
24 खबर अपडेट

कांग्रेसले शुक्रबार परासीमा पहिलोपटक क्षेत्रीय सम्मेलन गर्दै, महामन्त्री थापाले सम्बोधन गर्ने

२०८१ चैत्र ७, बिहिबार प्रकाशित (१ साल अघि) ५७४ पाठक संख्या

मोहन पौडेल
परासी, ७ चैत । नेपाली कांग्रेस क्षेत्र नं.२ पश्चिम नवलपरासीले पहिलो पटक क्षेत्रीय सम्मेलन गर्ने भएको छ । विधानत पार्टीका सबै तहले प्रत्येक वर्ष सम्मेलन गर्नुपर्ने व्यवस्था गरिएपछि क्षेत्रीय समितिले पनि पहिलो पटक सम्मेलन गर्न लागेको कांग्रेसले जनाएको छ ।
यही चैत ८ गते शुक्रबार सदरमुकाम परासीस्थित होटल सिद्धार्थ पार्क रिजेन्सीमा प्रतिनिधिसभा स्तरीय सम्मेलन हुन लागेको नेपाली कांग्रेस क्षेत्र नं.२ का सभापति माधव प्रसाद पाण्डेले जानकारी दिनुभयो । सम्मेलनको पार्टीका केन्द्रीय महामन्त्री गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
पार्टीका केन्द्रिय उपसभापति पूर्ण बहादुर खड्काले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम तय भएपनि खड्का अचानक अस्वस्थ भएपछि अन्तिम समयमा उहाँ आउने कार्यक्रम रद्द भएको क्षेत्रीय सभापति पाण्डेले बताउनुभयो । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, विनोद चौधरी लगायत अन्य केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा करिब सात सय क्षेत्रीय प्रतिनिधिसहित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित एक हजार बढीको उपस्थिति रहने क्षेत्रीय सचिव भरत पौडेलले बताउनुभयो ।
सम्मेलनको बन्दसत्रमा क्षेत्रीय समितिको वार्षिक, सांगठनिक र राजनीतिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम रहेको क्षेत्रीय समितिकी प्रवक्ता मञ्जु गैरे बस्यालले जानकारी दिनुभयो । यो पार्टीको आन्तरिक सम्मेलन भएकोले अहिलेसम्मका कार्यहरुको गहन समिक्षा र भावी योजना समेत निर्माण गरिने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑