मीना केसी
बर्दघाट, नवलपरासी (बसुप) – ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दघाट नगरपालिकामा “महिला सशक्तिकरण: समानताको खोजी” विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महिला सशक्तिकरण र समानताको महत्वमा गहिरो चर्चा गरिएको थियो। बर्दघाट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमला गुरुङ प्रमुख अतिथी रहेको कार्यक्रममा सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशका प्रबन्ध निर्देशक उषा किरण पन्त प्रशिक्षक रहनु भएको थियो । वक्ताहरुले महिलाका लागि समान अवसर सिर्जना गर्नका लागि कदम चाल्ने महत्त्वमा विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको समन्वय बर्दघाट नगरपालिका नगर कार्यपालिकाको कार्यालयले गरेको हो भने सहकार्य लेप्रोसी मिशन नेपालले गरेको थियो ।
सञ्चारिका समूह नेपाल नवलपरासी अध्यक्ष बिष्णु खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सुनेना चौधरी र कार्यक्रम सञ्चालन डोल कुमारी चौधरीले गर्नु भएको थियो ।
Pal1