२०८१ माघ २३, बुधबार
24 खबर अपडेट

वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८१ माघ २२, मंगलबार प्रकाशित ( घण्टा अघि) ६४ पाठक संख्या

शान्ति बि.क.

दुम्किबास,२२ माघ । शिशु कल्याण आधाभूत विद्यालय विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ सर्दि कुडियाको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले विद्यालयको शैक्षिक र भौतिक प्रगतिका निमित्त गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विद्यालयको नतिजा उत्कृष्ट बनाउन सम्बन्धित सबै पक्षलाई आ-आफ्नो ठाउँबाट कार्य गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा चन्द्र बहादुर बि.क., हुमलाल ढकाल, यादव पौडेल राजु जि.सि., तिलक पाण्डे लगायतले बोल्नुभयो । विद्यालयका सहायक प्रधानाध्यापक नन्द कुमार श्रेष्ठको स्वागत र शिक्षक अञ्जु पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।
विद्यालयका प्रधानाध्यापक शारदा कोइरालाले ५९ लाख रुपैयाको आ.ब.२०८०/०८१ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको कार्यक्रममा पूर्व शिक्षकहरु गोविन्द श्रेष्ठ, बुद्धि डिसा र शिक्षक अस्मिता बि.क.लाई सम्मान गरिएको थियो ।
सो अवसरमा ज्ञानीसरा बि.क.ले स्व.नाति मन्नु बि.क.को स्मृतीमा ५ हजार रुपैया तथा चुडा घर्ति र चञ्चला घर्तिले श्रीमति, आमा स्व.यानीसरा घर्तिको स्मृतीमा २० हजार ५ सय रुपैयाको अक्षयकोष स्थापना गर्नुभयो ।
कार्यक्रममा होङ्गसी शिवम् सिमेन्ट प्रा.लि.ले विद्यालयको निमार्णाधिन ४ कोठे भवन सम्पन्न गर्न २ लाख ५० हजार रुपैया, विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ ले ८ थान डेस्क बेन्च र पूर्व विद्यार्थि सन्दिप श्रेष्ठले १ थान सोस्टम सहयोग स्वरुप प्रदान गर्नुभयो ।
यसैबीच शिशु कल्याण आधाभूत विद्यालय विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ सर्दि कुडियाको ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर विद्यालय नृत्य प्रतियोगीता सम्पन्न भएको छ ।
जसमा सर्दि इङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम, सूर्यज्योति मा.वि. द्धितिय, दिपेन्द्र मा.वि.तृतिय र शिशु कल्याण आधाभूत विद्यालयले सान्तवना स्थान प्राप्त गरेकाछन् ।
प्रतियोगीतामा विजयी विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले पुरस्कार वितरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस