२०८१ माघ २३, बुधबार
24 खबर अपडेट

रामग्रामका दुई हजार ४६८ किशोरीलाई एचपीभी खोप लगाइँदै, नगर प्रमुख यादवद्धारा शुभारम्भ

२०८१ माघ २२, मंगलबार प्रकाशित ( दिन अघि) ९७ पाठक संख्या

मोहन पौडेल
परासी, २२ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा एचपीभी खोप अभियान शुरु भएको छ । परासीको आदर्श माविबाट शुरु भएको यो अभियानको नगर प्रमुख धनपत यादवले शुभारम्भ गर्नुभएको हो ।
नगर प्रमुख यादवले अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्दै अभियानलाई पूर्ण सफल बनाउन निर्देशन दिनुभयो । स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।
आजदेखि शुरु भएको अभियान अन्र्तगत नगर भित्रका दुई हजार ४६८ जना किशोरीहरुलाई एचपीभी खोप लगाईने नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जानकारी दिनुभयो । त्यसमध्ये कक्षा ६ देखि १० सम्म अध्ययनरत दुई हजार ४२३ जना र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका ४५ जना रहेका छन् ।
सामुदायिक तथा निजी गरी ३९ विद्यालयमा ३५ वटा खोप केन्द्र निर्धारण गरि अभियान शुरु गरिएको उहाँले बताउनुभयो । नगर भित्रका १५ वटा स्वास्थ्य संस्था मार्फत सञ्चालन गरिएको खोप अभियानमा खोप स्वास्थ्य कार्यकर्ता ३५ जना तथा ५१ जना स्वयमसेवक खटाइएको छ ।
अभियान शुभारम्भ अघि आजै विहान पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई अभियानको विषयमा अभिमुखीकरण गरी अभियान सफल बनाउन निर्देशन गरिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस