लुम्बिनी,१७ पुस । बुद्ध, बुद्धिज्मकाे क्षेत्रमा कलम चलाउने नेपालकाे बाैद्ध सर्किट रुपन्देही , कपिलबस्तु र नवलपरासीका पत्रकारहरुकाे एक भेलाले शान्ति र समृद्धिकाे लागि सन्चार अभियान नेपाल नामक संस्था गठन गरेका छन् ।
बुद्ध जन्म सथल लुम्बिनी स्थित मायादेवि मन्दिर परिसरमा भएकाे भेलाले शान्ति र समृद्धिकाे लागि सन्चार अभियान नेपालकाे संयाेजकमा डा. बालकृष्ण चापागाईलाई चयन गरेकाे छ ।
संयाेजक डा.चापागाई नेपाल पत्रकार महासंघ रुपन्देहीको पुर्व अध्यक्ष तथा रास्ट्रिय समाचार समितिका पुर्व केन्द्रीय अध्यक्ष समेत हुन । चापागाईंले लुम्बिनी बाैद्ध विश्वविद्यालयबाट बाैद्ध दर्शन र सन्चार विषयमा पिएचडि गरेका हुन् ।
यसैगरि अभियानकाे सहसंयाेजकमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका पुर्व अध्यक्ष मनाेज पाैडेल चयन भएका छन् । कान्तिपुर दैनिकका उपसम्पादक समेत रहेका पाैडेल बुद्धिज्मकाे क्षेत्रमा दशकाैदेखि कलम चलाउदै अाएका छन् । यसैगरि अभियानकाे सदस्यहरुमा पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलि ,पुर्व अध्यक्ष हरि शर्मा चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा नरेश केसि, कमल रायमाझि, छाया पन्थ, रामबिकास चाैधरि, विनाेद परियार, लक्ष्मण पाेखरेल, खग प्रसाद चापागाई, दिलिप कुमार यादब, माेहन पाैडेल, पुनहरि बेलबासे, अनिल कुमार माली, सुमित्रा चापागाई, प्रलहाद यादब, टक सुनार र अनिल कुमार तिवारि चयन भएका हुन् ।
अभियानले बुद्ध दर्शनकाे प्रचार प्रसारका साथै शान्ति र समृद्धिकाेलागि सन्चार क्षेत्रबाट पहलकद्मि लिने संयनेजक चापागाईले बताए ।
अंग्रेजि नया बर्षकाे पहिलाे दिन जनवरि १ तारिखकाे अवसर पारेर विश्वभरि शान्ति दुतका रुपमा परिचित बुद्ध जन्म स्थल लुम्बिनी स्थित मायादेवि मन्दिर र पुस्करणि पाेखरि छेउमा बसेर गरिएकाे भेलाले सार्थकता पाउने विशश्वास लिईएकाे छ ।
,
Pal1