२०८१ मंसिर १९, बुधबार
24 खबर अपडेट

प्याब्सन रामग्राम नगर अध्यक्षमा पुन: बलिराम

२०८१ मंसिर १६, आईतबार प्रकाशित ( दिन अघि) १४५ पाठक संख्या

परासी, १६ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल(प्याब्सन) रामग्राम नगर समितिको अध्यक्षमा बलिराम यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ । आईतबार परासीमा सम्पन्न प्याब्सन नगर समितिको तेस्रो अधिवेशनले द प्याराडाईज नेशनल बोर्डिङ्ग स्कुल रामग्राम–१६ का संस्थापक प्रिन्सिपल बलिराम यादवको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
यादव दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो भने समितिको सचिवमा अशोक श्रेष्ठ, कोषाध्यक्षमा नवलकिशोर सापकोटा र सदस्यमा कमलेश गुप्ता,बृजेस पटेल,अमृत पोखरेल र तुलसी यादव रहनुभएको छ । रामग्राम नगर प्याब्सनमा नगर भित्रका १७ वटा निजी विद्यालय आवद्ध रहेका छन् । नवनिर्वाचित समितिको कार्यकाल दुई वर्षको रहेको छ ।
प्याब्सन नेपालका पूर्व केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्यको प्रमुख आतिथ्य तथा नगर अध्यक्ष बलिराम यादवको अध्यक्षतामा भएको उक्त अधिवेशनमा प्याब्सनका जिल्ला सल्लाहकार राधेरमण पाण्डे, जिल्ला उपाध्यक्ष घुरहु यादव,रामग्राम नगर समितिका प्रमुख सल्लाहकार अविनाश रेग्मी, बमभोला चौधरी, पाल्हीनन्दन अध्यक्ष कमलेश माली  लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्याब्सनका निवर्तमान सचिव जनार्दन ठाकुरको सञ्चालन र सदस्य नवलकिशोर सापकोटाको स्वागत मनतव्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस