२०८१ मंसिर ६, बिहिबार
24 खबर अपडेट

मुलुकको समग्र हितका लागि राप्रपाको विकल्प छैन् : राजेन्द्र लिङ्देन

२०८१ कार्तिक १४, बुधबार प्रकाशित ( हफ्ता अघि) १७३ पाठक संख्या

परासी, १४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको समग्र हितका लागि राप्रपाको विकल्प नभएको दाबी गर्नुभएको छ ।
राप्रपाको भातृ संगठन प्रजातान्त्रिक युवा संगठन पश्चिम नवलपरासीको प्रतापपुरमा आयोजित जिल्ला अधिवेशनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिंदेनले आगामी चुनावमा राप्रपा बाहेक नेपाली जनताले भोट हाल्ने अन्य कुनै पार्टी नरहेको जिकिर गर्नुभएको हो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता लिंदेनले ठूला र पूराना दलको बिकल्प खोज्नु पर्ने बेला आएको उल्लेख गर्दै नयाँ भनिएका दलपनि काठमाडौमै रुमल्एिको तर्क गर्नुभयो । “हामिले भन्दै आएका थियौँ भ्रष्टाचार गर्नु आमाको रगत पिउनु सरह हो,आज त्यो प्रमाणित भईरहेको छ, ठूला दलहरु भ्रष्टाचारमा डुबेका छन्, हामी पनि सरकारमा रह्यौ तर यहाँसम्म आईपुग्दा एक रुपैयाँ पनि भ्रष्टाचार गरेनौ,बोलेका कुरा ब्यवहारमा पनि प्रमाणित गर्यौँ, यसर्थ अब मुलुकलाई बचाउने र विकास गर्ने एक मात्र पार्टी राप्रपा हो”, अध्यक्ष लिङ्देनले भन्नुभयो ।
प्रधानमन्त्री भएको एक सय दिन नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यापारीसँग जग्गा लिनु भ्रष्टाचार भएको उहाँले जिकिर गर्नुभयो । लिङ्देनले आफ्नो पार्टीले बिगतदेखी नै उठाएका मुद्धाहरु प्रमाणित भैसकेको बताउँदै भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा बिगतदेखि नै आफुहरु कहिल्यै नचुकेको उल्लेख गर्नुभयो ।
“मुलुक निर्माणका सन्दर्भमा,बिकास निर्माणको दुरदर्शिताका सन्दर्भमा,सनातन हिन्दुराष्ट्र,राष्ट्र र राष्ट्रियताको सवालमा राप्रपा बाहेक अब कुन दल बाकी रह्यो भन्ने कुरा जनाताले गहिरो गरि सोच्नु पर्ने बेला आएको छ”, उहाँले भन्नुभयो ।
अधिवेशन उद्घाटन सत्रमा राप्रपा उपाध्यक्ष एवं पूर्व कानूनमन्त्री ध्रुब बहादुर प्रधान,राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदय लगायतले राष्ट्रियताका मुद्दाहरुमा राप्रपा दृढ भएर अघि बढ्ने बताउनुभएको थियो । अधिवेशनले बासुदेव खनालको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नवलपरासीको २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरेको राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष मनोहर रायमाझीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस