२०८१ मंसिर १८, मंगलबार
24 खबर अपडेट

कानून निर्माणलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराईरहेका छौँ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

२०८१ कार्तिक १४, बुधबार प्रकाशित ( महिना अघि) १९६ पाठक संख्या

परासी, १४ कात्तिक । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले संविधान अनुकुल कानून निर्माणलाई तीव्रता दिन सरकारलाई ध्यानाकर्षण गराउने काम भईरहेको बताउनुभएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाद्धारा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकारले गम्भीरताका साथ संविधान बमोजिमका आवश्यक कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधान लागू भएको लामो समयसम्म पनि आवश्यक कानून निर्माण नहुँदा मुलुकमा अराजकता बढेको उहाँको भनाई थियो । “हामी व्यवस्थापिकाको तर्फबाट कानून छिटो बनाउ,जनतालाई सेवा प्रवाहमा जहाँ जहाँ अफ्ठ्यारो परेको छ त्यस सम्बन्धि कानून छिटो ल्याउ भनेर हामीले पटकपटक सम्बन्धि मन्त्रीहरुलाई बोलाएर ध्यानाकर्षण गराई तत्काल विद्ययेक अघि बढाउन दबाब दिएका छौँ,सरकार बन्ने ढल्ने भईरहँदा कानून निर्माण प्रभावित बनेको छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले केही सहकारीहरुका कारण राम्रोसँग चलेका सहकारी पनि अफ्ठ्यारोमा पर्न थालेको बताउनुभयो । बचत गर्नेले बचत गर्न छोड्ने र ऋण लिएकाले तिर्न नखोज्ने प्रवृत्ति बढ्दै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । उपाध्यक्ष घिमिरेले समस्याग्रस्त सहकारीलाई कारवाही गर्ने र बचतकर्ताको रकम फिर्ता गराउने कार्य अघि बढेको पनि उल्लेख गर्नुभयो ।
उहाँले संविधान र संघीयताको मर्म अनुसार तीनै तहका सरकारलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उपाध्यक्ष घिमिरेले जुन दल विशेषले जितेको भएपनि सवै जनप्रतिनिधि मिलेर स्थानीय तहको विकास निर्माणमा हातेमालो गर्नुपर्नेमा जोड दिँदै सबै मिलेर विकास गर्दा जनताले सुविधा पाउने बताउनुभयो ।
सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले समृद्ध सुनवल निर्माणको सपना पूरा गर्ने गरि विकास निर्माणका कार्यहरु अघि बढिरहेको बताउनुभयो । विकास निर्माणसँगै मानव संशासधन विकासलाई पनि जोड दिएको बताउँदै मेयर अर्यालले महिलामैत्री,युवामैत्री नगर निर्माणको अभियानलाई पनि जोड दिईएको बताउनुभयो । उहाँले नगरको विकासमा सवैको सहयोग र सहकार्य आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
उपाध्यक्ष घिमिरे आजै सुनवल नगर बाल सञ्जालद्धारा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं मर्यादीत महिनावारी विषयक अन्तरक्रियामा पनि सहभागि हुनुभएको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस