२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

शुक्रौलीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक प्रहरी हवल्दारको मृत्यु

२०८१ आश्विन २८, सोमबार प्रकाशित ( दिन अघि) २६५ पाठक संख्या

परासी, २८ असोज । पश्चिम नवलपरासीमा भएको सवारी दुर्घटनामा परी एक प्रहरी हवल्दारको मृत्यु भएको छ । आज साझ भैरहवा–परासी सडक खण्ड अन्र्तगत रामग्राम नगरपालिका–१५ शुक्रौलीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक प्रहरी हवल्दार ३९ वर्षीय चुरामणि भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय थवाङ रोल्पामा कार्यरत भट्टराई नवलपरासीको सुनवल नगरपालिका–१३ घिउडल्ला निवासी रहेको बताईएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराका अनुसार भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु ९२ प ३५३ नम्बरको प्रहरी हवल्दार भट्टराई सवार मोटरसाईकललाई सोही दिशाबाट आईरहेको ना ५ ख २२५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भट्टराईको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा सोमबार राति नै मृत्यु भएको डिएसपी बोहराले बताउनुभयो । ट्रक र ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटना पश्चात स्थानीयले केहीबरे सडक अवरुद्ध गरेका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%

प्रतिक्रिया दिनुहोस