२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

बुद्ध बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा सम्पन्न

२०८१ आश्विन १७, बिहिबार प्रकाशित ( हफ्ता अघि) १६३ पाठक संख्या

अमृता सुनार
सुनवल, १७ असोज । बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवलको १८ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनवल– १ स्थित सोमनाथ रिर्सोट सस्थाका अध्यक्ष युवलाल बुढाथोकीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यमा सभा सम्पन्न हो ।
सभामा संस्थाका अध्यक्ष युबलाल बुढाथोकीले वार्षिक प्रतिवेदन र संस्थाको लेखा प्रतिबेदन लेखा समिति संयोजक हरिमान पुन मगरले पेश गर्नुभएको थियो । वि.स.२०५८ सालमा स्थापना भएको यस सहकारीमा हाल ५५३ शेयर सदस्य रहेका छन् भने कूल सेयर पूँजी ४४ लाख ९६ हजार ५३ रुपैयाँ रहेको संस्थाले जनाएको छ । संस्थाले गत आर्थिक वर्षमा ६ लाख ४० हजार रुपैयाँ शुद्ध मुनाफा आजर्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापाले सहकारीहरुले आफ्नो लक्ष्य अनुसार काम गर्नुपर्ने बताउँदै शेयर सदस्यहरुलाई सहकारी शिक्षाका साथै वित्तीय साक्षरता सम्बन्धि सचेतनना जगाई उधमशिल बनाउनुपर्नेमा जाड दिनुभयो । जनता द्धारा जनताको लागि जनताकै सक्रिय सहभागितामा जनता सँगै भएका स्रोत साधन र सीप परिचालन गरेर संचालन गरीने सहकारीले आर्थिक क्रियाकलापलाई सदस्य केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
उक्त अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ट अंक ल्याउन सफल उक्त सहकारीका शेयर सदस्यका छोरा छोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्य टेक बहादुर थापा, मिलिजुलि आमा समुह भूमहीकी अध्यक्ष तिल कुमारी मगर, सुनवल खानेपानी सरसफाइ उपभोक्ता सस्थाकी कोषाध्यक्ष दिल कुमारी बढाथोकी, नेपाल मगर संघ सुनवल नगर कार्यसमिति अध्यक्ष मन बहादुर थापा दिपक, सुनवल वडा नं ३ का वडा सदस्य गिरबहादुर बुढाथोकी, सस्थाका सल्लाकारहरु ओम बहादुर पुन, रण बहादुर पुन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष हेम बहादुर थापाको स्वागत तथा सचिव कमला सारु मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस