२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगिता, सुनवल युनाईटेडकी विनिता जिल्ला प्रथम

२०८१ आश्विन ४, शुक्रबार प्रकाशित ( घण्टा अघि) २२ पाठक संख्या

परासी, ४ असोज । पश्चिम नवलपरासीको भूमहीमा आयोजित जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगितामा सुनवल युनाईटेड बोर्डिङ स्कूल सुनवलकी विनिता बर्मा पहिलो हुन सफल हुनुभएको छ । जिल्लाका २७ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा सुनवल युनाईटेडकी बर्मा प्रथम हुन सफल हुनुभएको हो । सुनवल युनाईटेड गत वर्ष पनि जिल्ला प्रथम नै भएको थियो ।
निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन नवलपरासीले आयोजना गरेको उक्त प्रतियोगितामा रामनगर एकेडेमी भूमहीका दिप्सन काफ्ले दोस्रो तथा मायादेवी ईङ्लिस स्कुल उजैनीका पुरुषोत्तम पटेल तृतीय र होली एञ्जेल्स स्कुल माकरकी प्रनिसा सापकोटा सान्त्वना हुनुभयो । प्रतियोगितामा २७ प्रतिस्पर्धीबाट उत्कृष्ट ८ जना छनौट गरिएको प्याब्सनका जिल्ला सचिव यज्ञ न्यौपानेले जानकारी दिनुभयो ।
शब्दको खेलको रुपमा लिईने स्क्रयाबल खेलले रचनात्मक बन्न प्रेरित गर्ने प्याब्सन जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले बताउनुभयो । चेस जस्तै अक्षरहरुबाट शब्द जोड्दै खेलिने यो खेल नेपालमा वि.स.२०३० सालदेखि शुरु भएको मानिन्छ भने प्रतियोगिताको रुपमा विगत इक दशक देखि नेपालमा फैलिएको पाईन्छ ।
प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय ईकाइ नवलपरासीका प्रमुख महेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार सुमनगोपाल आचार्य,प्याब्सन लुम्बिनी प्रदेश सचिव धनराज चापागाई,हिसानका उपाध्यक्ष भेषराज न्यौपाने, जिल्ला वरिष्ठ उपाध्यक्ष डम्बर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस