२०८३ श्रावण ६, बुधबार
24 खबर अपडेट

रुख ढल्दा नवलपरासीमा एक महिलाको मृत्यु

२०८१ भाद्र ३०, आईतबार प्रकाशित ( साल अघि) ७३८ पाठक संख्या

परासी, ३० भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ सालबासमा ढलेको रुखले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने पार्वती चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार सालबासस्थित सृष्टि सामुदायिक वन भित्र घोलामा माछा मार्ने क्रममा सिसौको सुकेको रुख अचानक ढल्दा चौधरीको गर्धनमा चोट लागेको थियो । घाईते चौधरीको चिसापानी अस्पताल बर्दघाटमा उपचारको क्रममा मृत्यु भएको डिएसपी बोहराले जानकारी दिनुभयो । पार्वती र उनका श्रीमान विशाल चौधरी दुवै जना माछा मार्न गएका बेला उक्त दुर्घटना भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस