२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

मुक्तिनाथ विकास बैंक भूमही शाखाद्धारा विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

२०८१ श्रावण २९, मंगलबार प्रकाशित ( महिना अघि) २३५ पाठक संख्या

परासी,२९ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड भूमही शाखा नवलपरासीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न  भएको छ ।  मोतिलाल बहुमुखी क्याम्पस बडेरामा अध्यनरत विद्यार्थीहरुलाई बैंकले आज वित्तीय साक्षरता प्रदान गरेको हो ।
“जनता बैंकमा होइन,बैंक जनतामा जानु पर्दछ।” भन्ने नारालाई आत्मसाथ गर्दै स्थापना भएको मुक्तिनाथ विकास बैंकले आजको आवश्यकता विद्यार्थीमा वित्तीय साक्षरता भन्ने उद्देश्यले उक्त क्याम्पसका स्नातक तहमा अध्यनरत विद्यार्थीहरुलाई अन्तरक्रियात्मक ढंगबाट वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकका भूमही शाखा प्रमुख सागर अर्यालले सहजीकरण गर्दै वित्तीय साक्षरताको महत्व र आवश्यकता तथा बैंकिंङ्ग सेवा सुविधाको बारेमा विद्यार्थीहरुलाई प्रकाश पार्नुभ्एको थियो । विद्यार्थीहरु वित्तीय साक्षरताको विषयमा जानकार भई आफू र आफ्नो परिवारलाई डिजिटल माध्यमबाट बैंकिङ सेवा र कारोबारमा पहुँच विस्तार गर्न यो कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।

M1

शाखा प्रमुख अर्यालले विद्यार्थीहरुमा भएको वित्तीय साक्षरताको सैद्धान्तिक ज्ञानलाई थप परिस्कृत र समय सापेक्ष बनाई व्यवहारिक रुपमै बैंकिंङ्ग ज्ञान तथा वित्तीय रुपमा साक्षर हुनुपर्नेमा जोड दिँदै मुक्तिनाथ विकास बैंक लिमिटेड मार्फत विद्यार्थीको चौतर्फी विकासमा बैंकको भूमिकालाई कसरी थप सहज र सशक्त बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको बैंकका कर्मचारी नवराज पौडेलले जानकारी दिनुभयो । यस कार्यक्रमबाट बैंकिङ प्रणाली थप मजबुत भई विद्यार्थी तथा युवा वर्गमा वित्तीय व्यवस्थापनका लागि व्यवहारिकता दिन सहयोग पुग्ने उहाँले बताउनुभयो ।
मोतिलाल क्याम्पसका संस्थापक प्राध्यापक देवराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्याम्यसका विद्यार्थी, शिक्षक, प्राध्यापक तथा कर्मचारीसहित ८५ जना भन्दा बढीको सक्रिय सहभागिता रहेको बैंकका कर्मचारी राम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

M2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस