२०८३ बैशाख २५, शुक्रबार
24 खबर अपडेट

लागूऔषध बिक्री वितरण गर्ने चार युवा परासीबाट पक्राउ

२०८१ श्रावण २४, बिहिबार प्रकाशित ( साल अघि) ८५२ पाठक संख्या

मोहन पौडेल
परासी,२४ साउन । प्रतिबन्धित लागूऔषध विक्री वितरण गर्ने चार जना युवालाई प्रहरीले परासीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरी टोलीले लागूऔषध विक्री वितरण गरिरहेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ का २४ वर्षीय सन्दिप परियार, रामग्राम नगरपालिका–२ का २६ वर्षीय मोहम्मद सरिफ कुरेसी, रुपन्देही जिल्लाको देवदह नगरपालिका–७ का १९ वर्षीय राजन विक र रोहिणी गाउँपालिका–६ का ३९ वर्षीय ईरशाद मिया रहेका छन् ।
रामग्राम–२ कालिका टोलस्थित सरिफ कुरेसीको घरबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । लागूऔषध सेवन गरि लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । कुरेसीको घरमा लागूऔषध खरिद बिक्री भईरहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लागूऔषध समेत बरामद भएको डिएसपी बोहराले बताउनुभयो ।
उहाँका अनुसार उनीहरुको साथबाट डाईजोपाम २८ एम्पुल,फेनारागन २८ एम्पुल,बुर्फिनुर्फिन २७ एम्पुल तथा प्रयोग भएको सिरिन्ज एक थान फेला परेको छ । पक्राउ परेका चारैजना विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस