२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

नवलपरासीको पाल्हीनन्दनमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

२०८१ श्रावण १४, सोमबार प्रकाशित ( महिना अघि) ९१४ पाठक संख्या

मोहन पौडेल
परासी,१४ साउन । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने उमेश बढईको छोरा २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्य कुमार बढईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नवलपरासीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार आफ्नै घरमा सुतिरहेका सूर्य कुमारलाई धारिलो हतियारले घाँटी रेटि अज्ञात समूहले हत्या गरेको हो । हत्या गर्ने समूहको खोजी कार्य भईरहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।
सूर्य कुमार कक्षा १२ को परीक्षा दिएर बसेका थिए । उनको पिता बैदेशिक रोजगारीमा रहेको बताईएको छ । सूर्यका भाइ १६ वर्षीय सन्दिपसँगै सुतेको भए पनि घटनाबारे थाहा नपाएको प्रहरीलाई बताएका छन् । स्थानीयले घटना रहस्यमय भनेका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालसहितको प्रहरी टोली खटिएको छ । हत्या किन र कसले गर्यो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमाटमका लागि पृथ्वीचन्द्र अस्पताल ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१८%

प्रतिक्रिया दिनुहोस