२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

सुस्तामा प्राथमिक उपचार तथा जीवन उपयोगी सम्बन्धि आधारभूत तालिम सञ्चालन

२०८१ श्रावण १३, आईतबार प्रकाशित ( महिना अघि) १७९ पाठक संख्या

मोहन पौडेल
परासी,१३ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा प्राथमिक उपचार तथा जीवन उपयोगी सम्बन्धि आधारभूत तालिम सम्पन्न भएको छ ।
तीन दिन सम्म सञ्चालन भएको उक्त तालिम क्यानेडियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीमार्फत सुस्ता गाउँपालिकामा सञ्चालनमा रहेको जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना अन्तरगत आयोजना गरिएको थियो ।
जलवायु परिवर्तनका कारण हुने विपद्हरुमा स्वास्थ्य प्रतिकार्यका लागि तयार रहन स्थानीय स्तरमा क्षमता विकास गर्नु तथा जलवायु परिवर्तनले हुन सक्ने रोगहरु रोकथाम, न्यूनीकरणका उपायहरु लगायतका विषयमा समुदाय स्तरमा सचेतना बढाउन उक्त तालिम प्रदान गरिएको परियोजनाका कार्यक्रम संयोजक अनुप खड्काले जानकारी दिनुभयो ।
जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरहरु, यसका कारणले उत्पन्न भएका रोगहरु,त्यसको न्यूनीकरणका उपायहरु र आपतकालीन जनस्वास्थ्यको अवस्थामा प्रतिकार्य गर्न तालिम महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको अध्यक्षता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सुस्ता १ का वडा अध्यक्ष अशोक चौधरी,रेडक्रस जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने लगायतले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभएको थियो ।
तालिममा रेडक्रस केन्द्रीय कार्यालयका दीपक पोखरेलसहित बसन्त रेग्मी र घनश्याम यादवले प्रशिक्षण दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस