२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

दिव्य ज्योति क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता,१८ विद्यालय सहभागी

२०८१ श्रावण १३, आईतबार प्रकाशित ( महिना अघि) २७३ पाठक संख्या

परासी, १३ साउन । पश्चिम नवलपरासीको बर्दघाट स्थित दिव्य ज्योति बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय तहको भूमिका विषयक उक्त प्रतियोगितामा कुमुदिनी मावि बर्दघाटकी छात्रा आश्मा पौडेल प्रथम हुन सफल भईन् । प्रतियोगितामा सोही क्याम्पसकी छात्रा एञ्जिला चौधरी द्धितीय र राजा मावि पञ्चनगरकी छात्रा अस्मिता घिमिरे तृतीय हुन सफल भएको प्रतियोगिताका निर्णायक समिति संयोजक कृष्णबन्धु पौडेलले जानकारी दिनुभयो ।
बर्दघाट नगरका संस्थागत र सामुदायिक गरी १८ वटा विद्यालयका विधार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५ हजार, ३ हजार र २ हजारसहित नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।
अनेरास्ववियु दिब्य ज्योति क्याम्पस कमिटीका अध्यक्ष विपिन पाण्डेको अध्यक्षता र नेकपा एमाले जिल्ला सदस्य एवं विद्यार्थी ईन्चार्ज सुशान्त घिमिरेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष सञ्जय मौर्य,दिव्य ज्योति क्याम्पसका स्ववियु सभापति किरण बस्याल, विद्यार्थी नेता मोहन विक, सन्दिप अधिकारी, मिलन आचार्य लगायतको पनि उपस्थिति रहेको अनेरास्ववियुका प्रसान्त सुवेदीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस