२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

रामग्राम जेसीजले परासीमा शेयर बजार सम्बन्धि तालिम सञ्चालन गर्दै

२०८१ श्रावण ४, शुक्रबार प्रकाशित ( महिना अघि) २६३ पाठक संख्या

परासी, ४ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा शेयर बजार सम्बन्धी तालिम सञ्चालन हुने भएको छ । पछिल्लो समय शेयर बजारमा लगानी बढ्दै जानुको साथै आम्दानी पनि राम्रो हुने गरेकोले परासीमा पनि उक्त तालिम सञ्चालन हुन लागेको हो ।
युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा क्रियाशील अग्रणी संस्था रामग्राम जेसीजले उक्त तालिम सञ्चालन गर्न लागेको हो । तालिम साउन ५ गते शनिबार आयोजना हुने रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे १ बजेबाट परासीस्थित परासी क्याम्पसको हलमा तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।
तालिममा रामग्राम जेसीजका सदस्य युवाहरुको साथै शेयर बजार सम्बन्धि ज्ञान लिन ईच्छुक महानुभावहरुलाई सहभागि गराईने आयोजकले जनाएको छ । रामग्राम जेसीज वर्ष २०२४ ले आफ्नो वार्षिक स्वीकृत योजना अन्तरगत उक्त तालिम आयोजना गर्न लागेको अध्यक्ष पौडेलले बताउनुभयो ।
यस तालिमले शेयर बजारमा लगानी गर्न इच्छुक विशेषगरी नयाँ र साना लगानीकर्तालाई विशेष सहयोग गर्ने कार्यक्रम संयोजक एवं रामग्राम जेसीज वर्ष २०२४ का मिडिया म्यानेजर दीपक अधिकारीले बताउनुभयो । शेयर बजारको सचेतना कमी भएकै कारण धेरै लगानीकर्ताहरु अन्यौलतामा रहेका कारणले पनि यो तालिम फलदायी हुने विश्वास गरिएको अधिकारीले बताउनुभयो । ज्योति विकास बैंक परासी शाखाका प्रबन्धक समेत रहनुभएका अधिकारीले शेयर बजारमा लगानी गरि राम्रो आम्दानी गर्न सकिने उल्लेख गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस