२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

सर्पको टोकाइबाट पश्चिम नवलपरासीमा एक महिलाको ज्यान गयो

२०८१ अषाढ ३१, आईतबार प्रकाशित ( महिना अघि) २०६८ पाठक संख्या

मोहन पौडेल
परासी,३० असार । पश्चिम नवलपरासीमा विषालु सर्पको टोकाइबाट ३२ वर्षीया महिलाको ज्यान गएको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका-८ गंगापुर बस्ने ३२ वर्षीषा रुना पालको सर्पको टोकाइबाट ज्यान गएको हो ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान ४ बजेको समयमा पहिचान हुन नसकेको सर्पले रुनालाई टोकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।
सर्पको टोकाइबाट गम्भीर घाइते भएकी रुनाको उपचारको लागि त्रिवेणी स्थित नेपाली सेनाको सर्प दस उपचार केन्द्रमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएको थियोे । अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको डिएसपी बोहराले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२१%३%

प्रतिक्रिया दिनुहोस