२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

दाउरा टिप्ने क्रममा नारायणी नदीमा सुस्ताका युवक वेपत्ता

२०८१ अषाढ २३, शनिबार प्रकाशित ( महिना अघि) ३२७ पाठक संख्या

मोहन पौडेल
परासी, २२ असार । नारायणी नदीमा दाउरा संंकलन गर्ने क्रममा नदीले बगाएर पश्चिम नवलपरासीमा एक युवक वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा सुस्ता गाउँपालिका वडा नं.५ स्थित सकरदिनईका ३३ वर्षीय अर्जुन चमार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।
डिएसपी बोहराका अनुसार नारायणी नदीमा दाउरा टिप्ने क्रममा आज दिउँसो पौने ५ बजेको समयमा चमारलाई नदीले बगाएको हो । घरबाट दुई किलोमिटर पूर्व नारायणी नदीमा बगाएर ल्याएको दाउरा टिप्ने क्रममा चमारलाई अचानक बगाएको स्थानीयले बताएका छन् । वेपत्ताको प्रहरी र स्थानीयको सक्रियतामा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस