२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

एमाले पश्चिम नवलपरासीमा कार्य विभाजन

२०८१ अषाढ २०, बुधबार प्रकाशित ( महिना अघि) ३५० पाठक संख्या

मोहन पौडेल
परासी,१९ असार । नेपाल कम्युनिष्ट पार्टी(एमाले) पश्चिम नवलपरासीले नेताहरुको कार्य विभाजन गरेको छ । पार्टीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको मंगलबार सुनवलमा सम्पन्न प्रथम पूर्ण बैठकले जिल्ला नेताहरुको कार्य विभाजन गरेको हो ।
गत वैशाख २१ र २२ गते सम्पन्न जिल्ला अधिवेशनले दीपेन्द्र कुमार अधिकारीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको थियो । मंगलबार सम्पन्न प्रथम पूर्ण बैठकले पदाधिकारीसहितको २९ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ भने भूगोल ईन्चार्ज, जनवर्गीय संगठनहरुको ईन्चार्ज तथा विभागीय जिम्मेवारी बाँडफाँड गरेको एमाले जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष अधिकारीको अध्यक्षता तथा केन्द्रीय पोलिटव्युरो सदस्य एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले विधान बमोजिम ११ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनीत समेत गरेको छ ।
मनोनीत हुनेमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीसहित ख्यामानन्द न्यौपाने, टीकाराम भण्डारी,डिलाराम चालिसे,सुबोध जागृत बुढाथोकी,टुकप्रसाद बस्याल,दधिराम अर्याल,दुर्गा नारायण सुवेदी, केशवप्रसाद भण्डारी,बसन्तराज दाहाल र निरज खड्का रहनुभएको छ ।
कार्यालय सचिव भण्डारीका अनुसार भूगोलतर्फ संघीय निर्वाचन क्षेत्र नं.१ को ईन्चार्जमा ईश्वरी घिमिरे र क्षेत्र नं. २ को ईन्चार्जमा लेखनाथ खरेललाई जिम्मेवारी दिईएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ १(१) ईन्चार्जमा सुवास चन्द्र जिसी र १(२) को ईन्चार्जमा रामप्रसाद पाण्डेलाई जिम्मेवारी दिईएको छ भने क्षेत्र नं. २ को प्रदेशसभा क्षेत्र १ को ईन्चार्जमा थमनसिंह नेपाली र क्षेत्र नं.२(२) को ईन्चार्जमा सरिता पौडेल रहनुभएको छ ।
स्थानीय तहतर्फ सुनवल नगर ईन्चार्जमा कर्ण बहादुर सेन, रामग्राम नगर ईन्चार्जमा राममिलन सहानी,बर्दघाट नगर ईन्चार्जमा राधा ढकाल,सरावल गाउँपालिका ईन्चार्जमा देवराज श्रेष्ठ, सुस्ता गाउँपालिका ईन्चार्जमा युवराज डुम्रे,प्रतापपुर गाउँपालिका ईन्चार्जमा तारासिंह थापा र पाल्हीनन्दन गाउँपालिका ईन्चार्जमा रामप्रसाद चौधरीलाई जिम्मेवारी दिईएको एमाले नवलपरासीले जनाएको छ । यसैगरी जिल्ला पार्टी कार्यालय सञ्चालन तथा सचिवको जिम्मेवारी रामचन्द्र भण्डारीलाई दिईएको छ भने बैठकले पार्टीको एक वर्षीय कार्ययोजना समेत पारित गरेको जनाईएको छ ।
उक्त अवसरमा एमाले नेता एवं संघीय मन्त्री बलराम अधिकारी, केन्द्रीय सदस्य एवं सांसद सरिता खनाल, केन्द्रीय सदस्य एवं सुनवल नगर प्रमुख बिमला अर्याल,प्रदेश सदस्य थानप्रसाद गैरे, केन्द्रीय स्कुल विभाग सदस्य बद्री खनाल, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, सचिव धीरज शर्मा बस्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस