२०८२ जेष्ठ २०, सोमबार
24 खबर अपडेट

मुस्ताङमा १३ रोपनीमा फैलिएको गाँजा प्रहरीद्धारा नष्ट

२०८० आश्विन २२, सोमबार प्रकाशित ( साल अघि) ६९७ पाठक संख्या

जोमसोम, २२ असोज । हिमाली जिल्ला मुस्ताङमा अवैध रुपमा लागूऔषध बनाउन प्रयोग गरिने गाँजा प्रहरीले फडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय जोमसोम, ईलाका प्रहरी कार्यालय लेते र प्रहरी चौकी कोबाङ्गबाट खटिएको संयुक्त प्रहरी टोलीले आज १३ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा उम्रेको गाँजा नष्ट गरेको हो ।
जिल्लाको थासाङ गाउँपालिका–५ टीटी गाउँमा स्थानीयको खाली जग्गा तथा टीटी ताल वरपरको सार्वजनिक जग्गामा उम्रेका गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो।
१३ रोपनी क्षेत्रफलमा उम्रिएको अवैद्य १५ हजार गाँजाको बोट नष्ट गरिएको डिएसपी पाण्डेले बताउनुभयो । भाँगोको नाममा गाँजा बनाउन प्रयोग हुने भएकोले नष्ट गर्नुपरेको प्रहरीले जनाएको छ । गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग हुने भएकोले गाँजा फडानी गरिएको डिएसपी पाण्डेको भनाई छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस