२०८३ जेष्ठ २४, आईतबार
24 खबर अपडेट

रामग्राम जेसीज र रोटरी क्लबद्धारा नर्सलाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ बैशाख ३०, बिहिबार प्रकाशित ( साल अघि) २३५४ पाठक संख्या

परासी ,३० वैशाख । विश्व नर्स दिवसको अवसर पारी रामग्राम जेसीज र रोटरी क्लब अफ नवलपरासीले नर्सहरुलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
पृथ्वी चन्द्र अस्पताल र एभरग्रीन अस्पताल परासीमा कार्यरत पन्ध्र जना नर्सहरुलाई बुधबार एक कार्यक्रमका बीच मास्क,सेनिटाईजर,साबुन लगायत सामग्री वितरण गरिएको हो ।
कोभिड १९ को विरुद्धमा दिनरात नभनी लडिरहेका नर्सहरुलाई प्रोत्साहनका लागि स्वास्थ्य सामग्री वितरण गरेको बताएको छ ।
रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुमनगोपाल आचार्य र रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणि चौधरीको संयुक्त अध्यक्षता तथा पृथ्वी चन्द्र अस्पतालका अध्यक्ष जगदीश चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नर्स गीता क्षेत्री लगायतले बोल्नु भएको रामग्राम जेेसीजका महासचिव मोहन पौडेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस