२०८३ बैशाख २८, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासी २(१)बाट नेकपा एसका भट्टराईको उम्मेदवारी

२०७९ आश्विन २४, सोमबार प्रकाशित ( साल अघि) ११९४ पाठक संख्या

परासी, २४ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका यूवा नेता प्रकाश भट्टराईले लुम्बिनी प्रदेशसभा सदस्य पदको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । पश्चिम नवलपरासी क्षेत्र नं. २ को प्रदेशसभा क क्षेत्रबाट आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीमा उम्मेदवारी दिनुभएको हो ।
सत्ता गठबन्धनको भागबण्डामा पश्चिम नवलपरासीमा नेकपा एसलाई कुनै सिट नपरेपछि जिल्लामा नेकपा एस गठबन्धनसँग असन्तुष्ट बनेको छ । नेकपा एसले युवा संघका केन्द्रीय सचिव एवं जिल्लाका यूवा नेता भट्टराईलाई लुम्बिनी प्रदेश सभा सदस्य पदको लागि उम्मेदवार बनाएको हो । अवको युव यूवाको भएकोले आफ्नो उम्मेदवारी रहेको र आम जनताको साथ पाउने विश्वास लिएको उहाँले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%३%

प्रतिक्रिया दिनुहोस