२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

७५३ स्थानीय तहमै प्राविधिक शिक्षा विस्तार गरिने – मन्त्री पौडेल

२०७८ चैत्र २१, सोमबार प्रकाशित ( साल अघि) ९४५ पाठक संख्या

मोहन पौडेल/ रासस
परासी, २१ चैत । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताउनुभएकाके छ । विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमूनाको रुपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उहाँले बताउनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकाले आज आयोजना गरेको शैक्षिक गुणस्तरीयताका लागि अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले शिक्षालाई जागिर खाने भन्दा सीपमा आधारित बनाउन प्राविधिक शिक्षालाई विस्तार गर्न लागिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाई पद्धति र कानूनी सुधारको माध्यमबाट शैक्षिक गुणस्तरीयता वृद्धिका लागिग जोड दिएका छौ,शिक्षक, अभिभावक, विद्यार्थी र सरोका निकाय मिलेर प्रयत्न गरेमा शिक्षामा सुधार ल्याउन सकिन्छ, सकेसम्म विद्यालय मर्ज गरेर अघि बढ्नुस, पूर्वाधारका लागि हामी तयार छौँ”
मन्त्री पौडेलले विद्यालय समयमा राजनीतिक तथा अन्य सामाजिक कार्यमा नलागि विद्यालय सुधारमै केन्द्रीत हुन प्रधानाध्यापक तथा शिक्षकहरुलाई आग्रह गर्नुभयो । आगामी तीन वर्ष भित्रमा सबै विद्यालयमा खानेपानी, शौचालय, विद्यालय भवन लगायतको पहिचान गरी भौतिक पूर्वाधारमा सुधार गर्ने जानकारी दिनुभयो ।
सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्यालले नगरपालिकाले शिक्षाको गुणस्तर वृद्धिका लागि प्राथमिकतामा राखेर योजना र कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सवैको प्रयासले अहिले सुनवलका सामुदायिक विद्यालयको नतिजामा सुधार भएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस