२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

मुस्ताङमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ७७ च्याङ्ग्रा मरे

२०८० कार्तिक २५, शनिबार प्रकाशित ( महिना अघि) ३२२ पाठक संख्या

नवलपरासी, २५ कात्तिक । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ धाक्मारमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ७७ च्याङ्ग्रा मरेका छन्।
स्थानीय मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८० वटामा ७७ च्याङ्ग्रा मृत र ३ घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ्गका प्रमुख भोजराज पाण्डेले जानकारी दिनुभयो ।
रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको उहाँले बताउनुभयो । उक्त घटनामा रू ३० लाखभन्दा बढीको क्षति गरेको अनुमान गरिएको डिएसपी पाण्डेले बताउनुभयो ।
मुस्ताङमा हिमचितुवाले पु¥याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ। हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो। धकमार गाउँको पश्चिमतर्फको ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको बासस्थान रहेको स्थानीय बताउँछन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस