२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

जोमसोममा समुदायको सुरक्षा विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) २२८ पाठक संख्या

जोमसोम,४ पुस । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज जोमसोममा फरक किसिमको कार्यक्रम गरेको छ ।
पुस महिनाको मध्य उत्तरार्धमा जोमसोम लगायतका स्थानहरुबाट स्थानीय मानिसहरु तथा ब्यबसायिहरु पोखरा लगायतका शहरहरुमा झर्ने शिलशिला सुरु हुनु अगाडिको मेसो पारेर ब्याबसायको सुरक्षा गर्न अपनाउनुपर्ने तरिका र सुरक्षाबारे जानकारी गराउने उद्धेश्यले सामुदायिक सुरक्षा बिषयक प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा डिएसपी पाण्डेयले प्रशिक्षण दिनु भएको थियोे ।
समुदायको सुरक्षामा समुदायमा बस्ने नागरिकहरुले अपनाउनु पर्ने सचेतनाको बारेमा मुस्ताङमा सम्भवत पहिलो पटक यस्तो कार्यक्रम प्रहरीले संचालन गरेको बताईएको छ ।
प्रशिक्षण पश्चात् सहभागिगरुले विभिन्न प्रश्नहरु गरेका थिए । सहभागिहरुले उठाएका सवालहरुको बारेमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सम्बोधन गर्नु भएको थियो ।
करिब ५० जना जोमसोमका स्थानीय र ब्यबसायिहरु सहभागी रहेको सो कार्यक्रमको संचालन प्रहरी निरिक्षक राजन थापाले गर्नु भएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस