२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनमा उर्दु अरबी भाषा कक्षा सञ्चालन

२०८० कार्तिक ५, आईतबार प्रकाशित ( महिना अघि) ३८७ पाठक संख्या

परासी, ५ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा उर्दु अरबी भाषा कक्षा संचालन शुरु भएको छ । ओल्मा काउन्सिल नेपालले पालिकाका युवाहरुलाई उर्दु अरबी भाषा प्रशिक्षणका लागि कक्षा संचालन गरेको हो ।
उर्दु अरबी भाषा सिक्न चाहने सबै समुदायका युवाहरुलाई लक्षित गरिर पालिकाको मुकाम बेलासपुरमा कोचिंङ्ग सेन्टर (भाषा कक्षा) संचालनमा ल्याएको ओल्मा काउन्सि नेपालका केन्द्रिय अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भएको छ । शनिबार गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले एक कार्यक्रम गरि उक्त कार्यको शुभारम्भ गर्नुभएको हो ।
विशेषगरि अरबीयन (गल्फ) देशमा रोजगारीको शिलशिलामा जाने युवाहरुलाई अरबी भाषाको ज्ञान नहुँदा सास्ती भोग्नु पर्ने बाध्यता भएकोेले पनि उक्त समस्या सामाधानमा टेवा पुर््याउन यो कक्षा प्रभावकारी हुने ओल्मा काउन्सिल नेपालका अध्यक्ष मियाले बताउनुभयो ।
ओल्मा काउन्सि नेपाल पाल्हीनन्दनका संयोजक मौलाना जैनुल आबदीनको अध्यक्षता तथा पाल्हीन्दन गाउँपालिका अध्यक्ष गुप्ताको प्रमुख आतिथ्यमा भव्य समारोहकाबीच उद्घाटन गरिएको हो । उर्दु अरबी भाषा एक पाटोले हेर्दा सिकाई हुने र अर्काे पाटोले हेर्दा वैदेशिक रोजगारीको समयमा भाषागत समस्या भोग्न नपर्ने ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष हुसैन मिँयाले जानकारी दिनु भयो ।
उर्दु र अरबी भाषा सिकेर साउदी अरब, कतार, दुबई, कुवेद, बहरैन, जर्डन, टर्की, मिसर लगायतका मुलुकमा जाँदा भाषाको समस्या भोग्न नपर्ने काउन्सिलको भनाई छ । गाउँपालिका अध्यक्ष गुप्ताले यस कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । आगामी दिनमा अन्य पालिकामा पनि यो कार्यक्रम विस्तार गरिने संस्थाले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस