२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

प्रहरी दिवसको अवसरमा मुस्ताङमा विविध कार्यक्रम

२०८० आश्विन ३०, मंगलबार प्रकाशित ( महिना अघि) ३४५ पाठक संख्या

नवलपरासी, ३० असोज । हिमाल पारीको जिल्ला मुस्ताङमा ६८ औँ प्रहरी दिवस विविध कार्यक्रम गरि भव्यताका साथ मनाईएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिवसको अवसरमा आज जोमसोममा विशेष कार्यक्रम आयोजना गरि प्रहरी दिवस मनाएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै प्रहरी कर्मचारीको देश र जनताप्रतिको सेवाभाव र कार्यप्रति उच्च प्रशंसा गर्नुभयो । उहाँले कर्तव्य पालनाको शिलशिलामा ज्यानको आहुति दिने अमर प्रहरीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभयो ।

Mus2

 

सोही अवसरमा जिल्लामा एक वर्षको अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न दर्जाका प्रहरी अधिकृत तथा जवान गरि ११ जनालाई पुरस्कृत गरिएको मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । डिएसपी पाण्डेले प्रहरीले आफ्नो ज्यान जोखिममा राखेर नागरिकको सुरक्षा गर्दै आएको बताउनुभयो । प्रहरी एक्लैले मात्रै शान्ति सुरक्षा र अपराध नियन्त्रण लगायतका कार्य गर्न सम्भव नहुने बताउँदै डिएसपी पाण्डेले प्रहरीलाई सघाउनु सबैको कर्तव्य भएको बताउनुभयो ।
प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रहरी निरीक्षक मिलन विकको स्वागत र प्रहरी निरीक्षक दिनेश गौतमको सञ्चालन रहेको उक्त कार्यक्रममा सहभागिहरुले अमर प्रहरीको सम्झनामा निर्मित अमर प्रहरी स्मारकमा पुष्पाञ्जली अर्पण गर्नुभएको थियो ।

Mus3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस