२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

चीनका पूर्वप्रधानमन्त्री खछ्याङको निधन

२०८० कार्तिक १०, शुक्रबार प्रकाशित ( महिना अघि) २०७ पाठक संख्या

काठमाडौ,१० कात्तिक । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनको हृदयाघातका कारण आज बिहान सांघाईमा निधन भएको बताइएको छ ।

ली सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका थिए ।

६८ वर्षीय ली सांघाई भ्रमणमा रहेका बेला बिहीबार मध्यरातमा अचानक हृदयघात भएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ।  उनको उपचारमा सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२:१० मा उनलाई मृत घोषणा गरिएको थियो ।

लीलाई कुनै समय सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको सम्भावित शीर्ष नेता मानिन्थ्यो । तर अन्तमा, उनलाई सीले पछाडि पारेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस