२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार

२०७८ बैशाख ४, शनिबार प्रकाशित ( साल अघि) १९०४ पाठक संख्या

काठमाडौ । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई शुक्रबार एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो।
विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ। साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ। ‘कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु गराउनु हुन र त्यस्तो अवस्था नभएका विद्यालयहरूले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुनेर सेनिटाइजरको प्रयोग गर्ने लगायतका मापदण्डहरूको कडाइका साथ पालना गरी अभिभावकहरू समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नुरगराउनुहुन अनुरोध छ’, महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस