२०८३ कार्तिक १४, शुक्रबार
24 खबर अपडेट

नेपाल बाल संगठन पश्चिम नवलपरासीले बाल दिवसमा कविता प्रतियोगिता गर्ने

२०७८ भाद्र १८, शुक्रबार प्रकाशित (५ साल अघि) ३३३१ पाठक संख्या

परासी, १८ भदौ । नेपाल बाल संगठन(बालमन्दिर) पश्चिम नवलपरासीले यस वर्षको राष्ट्रिय बाल दिवसमा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । बाल संगठन जिल्ला कार्य समितिको बिहीबार परासीस्थित कार्यालयमा सम्पन्न बैठकले आगामी भदौ २९ गते बाल दिवसको दिन जिल्ला व्यापि मावि स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमण र बालबालिकाको भोगाई शीर्षकमा बालमन्दिर परासीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको नेपाल बाल संगठनका जिल्ला सभापति पृत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद तथा शील्ड प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागि हुनेले यही भदौ २८ गते भित्र नाम दर्ता गराईसक्नुपर्ने उक्त कार्यक्रमका संयोजक एवं बाल संगठनका जिल्ला उपसभापति दीपक कुमार गैरेले बताउनुभयो । कक्षा नौदेखि १२ सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्छन् । प्रतियोगिता अन्र्तगत तोकिएको शीर्षकमा विद्यार्थी स्वयम्ले कविता लेखन गरी बालदिवसको दिन हुने कार्यक्रममा वाचन गर्नुपर्ने संयोजक गैरेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस


↑