२०८३ श्रावण १५, शुक्रबार
24 खबर अपडेट

रामग्रामका प्रवद्र्धक डा.श्रीवास्तवलाई ५१ हजार राशीसहित रामग्राम नगरपालिकाद्धारा सम्मान

२०७८ अषाढ ३०, बुधबार प्रकाशित ( साल अघि) २५४९ पाठक संख्या

परासी, ३० असार ।लामो समयदेखि रामग्रामको प्रवद्र्धन गर्दै आउनुभएका डा.कौशलेन्द्र श्रीवास्तवलाई रामग्राम नगरपालिकाले सम्मान गरेको छ । पश्चिम नवलपरासीको रामग्राम ५ निवासी श्रीवास्तवलाई आज रामग्राम नगरपालिकाको आठौँ नगरसभाको अवसरमा नगद रु ५१ हजार, प्रमाणपत्र तथा दोसल्लासहित सम्मान गरिएको हो ।
नगर प्रमुख नरेन्द्र गुप्ताले उहाँलाई सम्मान गर्नुभयो । भगवान् गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप र बुद्धकालीन कोलिय गणराज्यको राजधानी पण्डितपुरको ऐतिहासिक तथा पुरातात्विक महत्वको विषयमा अविछिन्न रुपमा अध्ययन, अनुसन्धान तथा लेख रचनाको माध्यमबाट प्रकासन तथा प्रचारप्रसार गरी विश्वभर यस नगरको पहिचान तथा महत्व झल्काउन खेलेका विशेष योगदानको उच्च मुल्यांकन गर्दै उहाँलाई नगरसभामा सम्मान गरिएको नगर प्रमुख गुप्ताले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस