२०८३ कार्तिक ३०, आईतबार
24 खबर अपडेट

मानव अधिकार तथा शान्ति समाज नवलपरासीको अध्यक्षमा न्यौपाने,सचिवमा भट्टराई

२०८३ कार्तिक ३०, आईतबार प्रकाशित (८ घण्टा अघि) ७६ पाठक संख्या

परासी,२९ कात्तिक । मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखाको २६औँ वार्षिक साधारण सभा तथा १४औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले सुवर्ण न्यौपानेको नेतृत्वमा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

जिल्ला सभापति शिवप्रसाद पौडेलको अध्यक्षता तथा संघीय सांसद विक्रम खनालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभापश्चात् भएको अधिवेशनबाट न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका संयोजक सन्तोष अधिकारीले जानकारी दिनुभयो।

नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा डिकबहादुर पाण्डे क्षेत्री, सचिवमा देवु भट्टराई, कोषाध्यक्षमा भुपाल शर्मा र सहसचिवमा देविकला शर्मा चयन हुनुभएको छ।

Messenger_creation_DFF1C993 6911 4519 9F3F B5057A2216D9

त्यसैगरी सदस्यहरूमा दीपकप्रसाद भण्डारी, युवराज भुषाल, हेमा न्यौपाने, राधा भट्टराई, गोमा पाण्डे, रीता कुमारी गुरुङ, बलराम भण्डारी, सभ्यता नेपाली, रेश्मीराज बस्याल र जीवनप्रसाद तिवारी चयन हुनुभएको छ।

यसअघि साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि संघीय सांसद विक्रम खनालले लोकतन्त्रमा सत्तापक्ष अर्थात् सरकारलाई प्रश्न गर्ने अधिकार प्रत्येक नागरिकलाई हुनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद खनालले सरकारका कामकारबाहीमाथि प्रश्न उठाउने नागरिकको अधिकार कसैले कुण्ठित गर्न नहुने उल्लेख गर्दै जनताका प्रश्न र आलोचनाबाट सरकार सच्चिँदै अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

Messenger_creation_31FB6CF6 899A 4D7F B323 FB236643799E

सोही कार्यक्रममा रास्वपाका अर्का संघीय सांसद नरेन्द्रकुमार गुप्ताले भने अहिले नै सरकारको आलोचना गर्ने बेला नभएको धारणा व्यक्त गर्नुभयो। व्यक्ति र सरकारको कार्यशैली फरक–फरक हुन सक्ने भए पनि सबैको अन्तिम गन्तव्य एउटै रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय सभापति रेनुका पौडेलले मानव अधिकारको संरक्षणसँगै सामाजिक न्याय र जलवायु परिवर्तनका सवालमा पनि समाजले सक्रियतापूर्वक काम गर्दै आएको बताउनुभयो। उहाँले सत्तापक्षसहित विभिन्न क्षेत्रका नेतृत्वलाई विधिको शासनअनुसार काम गर्न निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रसाद उपाध्याय, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने, पूर्व जिल्ला सभापति कुलदीप आचार्य, बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण), नेपाली कांग्रेसका सन्तु गाहा, नेकपा एमालेका रविन्द्र विक्रम हमाल, शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाही, पूर्व सभापति गोविन्द खनाल तथा सचिव तीर्थ न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको सञ्चालन मानव अधिकार तथा शान्ति समाज नवलपरासीका जिल्ला सचिव योगेन्द्र भट्टराईले गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑