२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

चैतसम्म सबै नागरिकलाई खोप सुनिश्चित गर्ने देउवा सरकारको पहिलो निर्णय

२०७८ अषाढ २९, मंगलबार प्रकाशित (५ साल अघि) १२४६ पाठक संख्या

काठमाडौं, असार २९ ।  सरकारले आगामी चैतसम्म सबै  नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो ।

बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑