२०८२ फागुन २१, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा ६७ दशमलव ८ प्रतिशत मतदान

२०८२ फागुन २१, बिहिबार प्रकाशित ( घण्टा अघि) ७१ पाठक संख्या

परासी, २१ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्र्तगत पश्चिम नवलपरासीमा ६७ दशमलव ८ प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कूल दुई लाख ५४ हजार १५७ मतदाता मध्ये आज सम्पन्न निर्वाचनमा एक लाख ७२ हजार ३१४ जनाले मतदान गरेका हुन् । यो कूल मतदाताको ६७.८ प्रतिशत हो ।
जसमध्ये महिला ९१ हजार ६०९ जना, पुरुष ८० हजार ७०२ र अन्य ३ जना रहेका छन् । क्षेत्र नं.१ मा ४४ हजार ३५ महिला, ३८ हजार ७१८ पुरुष र एक महिला गरी ८२ हजार ७५४ जनाले मतदान गरेका छन् । यस क्षेत्रमा एक लाख २३ हजार ८० मतदाता रहेका छन् ।
यस्तै क्षेत्र नं.२ मा ४७ हजार ५७४ महिला, ४१ ह्जार ९८४ पुरुष र अन्य २ गरी ८९ हजार ५६० जनाले मतदान गरेका छन् । यो क्षेत्रमा एक लाख ३१ हजार ७७ जना मतदाता छन् । जिल्लाका दुवै क्षेत्रमा गरी १२२ मतदान स्थलका २९७ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले सबै मतदान केन्द्रबाट मतपेटिका संकलनको काम भइरहेको छ ।
मतगणनाको लागि क्षेत्र नं.१ मा बर्दघाट नगरपालिकाको बाढीपीडितस्थित भवनमा र क्षेत्र नं. २ को जिल्ला समन्वय समितिको भवन परासीमा तयारी गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस