२०८२ माघ १३, सोमबार
24 खबर अपडेट

बर्दघाट एक्सपोमा विद्यालय र विद्यार्थीको सक्रियतामा शैक्षिक गतिविधि हुने

२०८२ माघ १३, सोमबार प्रकाशित ( घण्टा अघि) ४८ पाठक संख्या

परासी,१२ माघ । उद्योग व्यापार संघ बर्दघाटद्वारा आगामी माघ १३ गतेदेखि सञ्चालन हुन लागेको ‘प्रथम बर्दघाट एक्सपो–२०८२’ को सन्दर्भमा बर्दघाट नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयकाको साथ रहने भएको छ ।

संघले विद्यालयका प्रधानाध्यापकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै विद्यालयका प्रअले एक्सपोमा विद्यालयको सक्रिय सहभागी र साथ हुने बताएक हुन।

उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा संघको सभाहलमा सम्पन्न कार्यक्रममा एक्सपोका सांस्कृतिक तथा गोष्ठी–सेमिनार संयोजक मोहन सापकोटा, बर्दघाट नगरपालिका शिक्षा शाखा अधिकृत धनपति पौडेल तथा नगरका निजी र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरूले बर्दघाट नगरमै पहिलोपटक आयोजना हुन लागेको शैक्षिक गतिविधिसहितको एक्सपोमा विद्यालयको तर्फबाट पूर्ण साथ र सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालय लक्षित गरी आयोजना गरिने डान्स आइडल, वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनीलगायतका विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरू सफल बनाउन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ।

बर्दघाट नगरपालिका शिक्षा शाखा अधिकृत धनपति पौडेलले शिक्षा सम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गर्न शिक्षा शाखाको तर्फबाट आवश्यक समन्वय र पहल गरिने बताउँदै शैक्षिक गतिविधिलाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले एक्सपोअन्तर्गत विज्ञान प्रदर्शनी प्रतियोगिता, ‘स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार’ विषयक वक्तृत्वकला प्रतियोगिता तथा विद्यालयस्तरीय डान्स आइडल आयोजना गरिने जानकारी दिनुभयो।

संघले विद्यार्थीहरूका लागि एक्सपो प्रवेश टिकटमा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिदै संघका वरिष्ठ उपाध्यक्ष दिनेश न्यौपानेले विद्यार्थीका रचनात्मक र सिर्जनात्मक सीप र कलालाई समेत समेट्ने तयारी रहेको उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस