२०८२ पौष २७, आईतबार
24 खबर अपडेट

प्रगतिशील लोकतान्त्रिक पार्टी नवलपरासीको ५१ सदस्यीय जिल्ला कमिटी घोषणा, जिल्ला प्रमुखमा पाठक

२०८२ पौष २६, शनिबार प्रकाशित ( घण्टा अघि) ३८८ पाठक संख्या

परासी,२६ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टी नवलपरासीले नेतृत्व चयन गरेको छ । पार्टीको शनिबार परासीमा सम्पन्न जिल्ला एकता भेलाले जिल्ला प्रमुखमा चन्द्रभुषण पाठक(आलोक)लाई सर्वसम्मत चयन गर्दै ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
भेलापछि परासी प्रेस क्लवमार्फत आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोपी ज्ञवालीले जिल्लाको पार्टी संगठनलाई थप सुदृढ बनाउन जिल्ला प्रमुखमा पाठकसहित नवगठित जिल्ला कमिटी अन्तर्गत कार्यालय सचिवको जिम्मेवारी शैलेन्द्र हरिजनलाई दिएको जानकारी दिनुभयो ।
जिल्ला सदस्यहरूमा सब्दाम शेष, गोविन्द चौधरी, रविन्द्र पासवान, रामानन्द हरिजन, इन्सान अली देवान, रामसमुझ कुर्मी, मधु क्षेत्री, अभिषेक राव लगायतलाई समेटिएको छ । उक्त पार्टीले जिल्लाका सात वटै पालिकामा पालिका स्तरीय कमिटी निर्माण गरेपछि उक्त कमिटीमा रहने ३÷३ जना अध्यक्ष परिषदका सदस्यहरुलाई पनि जिल्ला कमिटीमा समावेश गर्ने ज्ञवालीले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान, रास्वपाका सन्तोष परियार नेतृत्वको समूह र जेनजी सहितको समूह मिलेर गत मंसिरमा घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टीले नवलपरासीमा एकता समायोजन गरी जिल्ला कमिटी घोषणा गरेको हो ।
एकता भेलालाई पार्टीका केन्द्रीय अध्यक्ष परिषद् सदस्य सन्तोष परियार, केन्द्रीय आर्थिक विभाग प्रमुख बामदेव क्षेत्री, केन्द्रीय सदस्य चिनक कुर्मी, प्रदेश इन्चार्ज नारायणी शर्मा, जिल्ला इन्चार्ज गोपी ज्ञवाली, प्रदेश प्रवक्ता वीरेन्द्र हरिजन लगायतका नेताहरूले सम्बोधन गर्दै संगठन विस्तार, जनमुखी राजनीति र समावेशी लोकतन्त्रलाई संस्थागत गर्ने विषयमा जोड दिनुभएको थियो । नेताहरूले नवलपरासीमा पार्टीको प्रभाव विस्तार गर्न सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए।
पार्टीका जिल्ला प्रमुख आलोकले पार्टीलाई स्थानीय तहदेखि जनताको विश्वास जित्ने शक्ति बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सक्रिय भूमिका खेल्ने संकल्प व्यक्त गर्नुभएको थियो ।

Aa

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%२%

प्रतिक्रिया दिनुहोस