२०८२ पौष ११, शुक्रबार
24 खबर अपडेट

नेपाली कम्युनिष्ट पार्टी नवलपरासीद्धारा देवेन्द्र पौडेलसहितका उम्मेदवार सिफारिस

२०८२ पौष ११, शुक्रबार प्रकाशित ( घण्टा अघि) ४७४ पाठक संख्या

परासी, ११ पुस । नेपाली कम्युनिस्ट पार्टी जिल्ला कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)ले आगामी संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरू सिफारिस गरेको छ।
जिल्ला कमिटीको बैठकले पार्टीको केन्द्रीय निर्देशनअनुसार पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ र २ का प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूको नामावली सिफारिस गरिएको जिल्ला इन्चार्ज भविश्वर तिवारी आजादले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा केहरसिंह कुवर, रामनन्द यादव, काशीनाथ हरिजन, देवानन्द फौजदार र इन्दिरा बडाल सिफारिस हुनुभएको छ । केन्द्रिय सदस्य कुँवर युवा कलस्टरबाट सिफारिसमा पर्नुभएको हो ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारका रूपमा घनश्याम यादव, देवेन्द्र पौडेल, दुलारी हरिजन, ध्रुब नारायण बनिया र हरि भण्डारी सिफारिस हुनुभएको छ । पूर्व शिक्षा मन्त्री एवं पार्टीका केन्द्रिय सचिवालय सदस्य पौडेल पनि यस क्षेत्रबाट सिफारिस हुनुभएको हो । यस क्षेत्रबाट युवा कलस्टरमा हरि भण्डारी सिफारिस हुनुभएको छ ।
समानुपातिकतर्फ बृहस्पति अधिकारी, लक्ष्मी भुषाल खरेल जैसी, लोक प्रसाद श्रेष्ठ, कुमार आले, अगविर वि.क., निर्मला के.सी., अनिता भुज हरिजन, सुरेन्द्र प्रसाद शर्मा बढई, सुभान अली र प्रह्लाद पासीको नाम सिफारिस सूचीमा समेटिएको छ। केन्द्रीय कार्यालयलाई गरिएको सिफारिस पत्रमा जिल्ला इन्चार्ज बृहस्पति अधिकारी, भविश्वर तिवारी, संयोजक रामनन्द यादव तथा अध्यक्ष कुमार आलेको हस्ताक्षर रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस