२०८२ फागुन ११, सोमबार
24 खबर अपडेट

निःशुल्क नाक, कान, घाँटी उपचार शिविरमा ८० जना लाभान्वित

२०८२ पौष ९, बुधबार प्रकाशित ( महिना अघि) ४४८ पाठक संख्या

परासी, ९ पुस । पश्चिम नवलपरासीको रामग्राम–५, परासी घण्टाघर चोकस्थित युनाइटेड ईएनटी मेडिकल सेन्टरमा आयोजित निःशुल्क नाक, कान तथा घाँटी उपचार शिविरबाट ८० जना लाभान्वित भएका छन् ।
मदन भण्डारी फाउण्डेसन नवलपरासीको आयोजनामा तथा युनाइटेड ईएनटी मेडिकल सेन्टरको सहकार्यमा सम्पन्न शिविरमा ८० जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका हुन् ।
शिविरमा नाक, कान र घाँटीसम्बन्धी विभिन्न समस्याबाट पीडित बिरामीहरूको परीक्षण गरिएको थियो। ईएनटी हेड एण्ड नेक सर्जरी विशेषज्ञ डा. आफताब आलम खाँले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्दै आवश्यक परामर्श प्रदान गर्नुभएको थियो।
शिविरमा आएका बिरामीहरूलाई आवश्यक कूल रु ५० हजार बराबरको औषधि समेत निःशुल्क रूपमा वितरण गरिएको मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्याम बस्यालले जानकारी दिनुभयो । स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरबाट स्थानीयबासी लाभान्वित भएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि यस्ता जनहितकारी स्वास्थ्य शिविरलाई निरन्तरता दिने अध्यक्ष बस्यालले प्रतिबद्धता जनाउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस