२०८२ श्रावण ३, शुक्रबार
24 खबर अपडेट

भरत क्षेत्रीको नयाँ तीज गीत “बम बम भोले” सार्वजनिक

२०८२ श्रावण ३, शुक्रबार प्रकाशित (0 घण्टा अघि) १३१ पाठक संख्या

मोहन पौडेल
परासी, २ साउन । लोक तथा दोहोरी गायक भरत क्षेत्रीको नयाँ तीज गीत बम बम भोले सार्वजनिक भएको छ । साउनको महिमासँग जोडेर ल्याइएको यो गीत भरत क्षेत्री युट्युव च्यानलबाट विहीबार सार्वजनिक गरिएको हो ।
गीतमा गायक क्षेत्रीसँगै गायिका रीना केसीको स्वर रहेको छ । द म्युजिक ईरा मार्फत बजारमा आएको यो गीतको शब्द र संगीत गायक क्षेत्रीकै रहेको छ भने गीतको म्युजिक भिडिओ गजेन्द्रमोक्ष धाम त्रिवेणीमा छायांकन गरिएको छ ।
जुना कँडेलको निर्माण तथा अस्मिता रणपालको निर्देशन रहेको भिडिओमा कलाकार अस्मिता रणपाल,उपेन घर्ति मगर, बिमला न्यौपाने र महेन्द्र रेग्मीको अभिनय रहेको छ । साउनको महिनामा महिलाहरुले भगवान शिवको विशेष आराधना गर्ने भएकोले सोही सन्दर्भलाई जोडेर ल्याइएको तीज गीतले नेपाली दर्शकलाई मौलिकताको अनुभूति दिलाउने गायक क्षेत्रीको विश्वास छ ।

नवलपरासी भूमही निवासी गायक क्षेत्रीले विशेषगरी मौलिक भाकाहरुलाई प्राथमिकता दिँदै दर्जनौ गीतहरु बजारमा ल्याउनुभएको छ। गाउँले परिवेश, माया प्रेम,समसामयिक विषयहरुलाई समेटेर ल्याएका क्षेत्रीका गीतहरुले नेपाली दर्शकहरुको मन जितिरहेको छ ।

New Teej Song 2082 – Bam Bam Bhole – Bharat Chhetri & Rina Kc, Asmita Ranpal, Upen Gharti – YouTube

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस