२०८२ अषाढ ५, बिहिबार
24 खबर अपडेट

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा भ्रष्टाचारविरुद्ध अभियान घोषणा

२०८२ अषाढ ५, बिहिबार प्रकाशित ( घण्टा अघि) ९६ पाठक संख्या

परासी,५ असार । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर व्यापक रूपमा मौलाउँदै गएको भ्रष्टाचारविरुद्ध जनचेतना तथा कारबाही अभियानको घोषणा गरेको छ ।

बिहीवार पार्टीले परासीमा पत्रकार भेटघाट एंव भ्रष्टाचार बिरोधी अभियान उद्घाटन गर्दै स्थानीय सरकारदेखि प्रदेश हुदैं संघीय सरकार सम्मका व्याप्त भ्रष्टाचारको विरुद्ध निर्मम ढंगले संर्घष गर्ने घोषणा गरेको हो ।
उक्त पार्टीले जिल्लाका सातै स्थानीय सरकार, जिल्लास्थित सरकारी कार्यालय र सामाजिक तथा सामुदायिक संस्थालगायतमा भएका अनियमितताको सशक्त प्रतिरोध गर्ने प्रतिबद्धता जनतासंग गरेको छ ।
अभियान घोषणा तथा पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा रहेका थिए ।

उनले पछिल्लो समय विदेश रोजगारसम्बन्धी भिजिट भिसा काण्ड, स्थानीय सरकारका बिभिन्न काण्ड , नदीजन्य पदार्थको दोहन, खरिदमा भएका अनियमितता, मिटर ब्याज, सहकारी तथा लघुवित्तमा भएको अनियमितता लगायतका विषयमा ठोस अनुसन्धान र कारबाहीको माग गर्दै, भ्रष्टाचारमा संलग्नहरूलाई अब नछाडिने चेतावनी दिए ।
उनले भने, “तीनै तहका सरकारहरूमा भ्रष्टाचार संस्थागत भएको छ । सत्ता सञ्चालन गरिरहेका प्रमुख दलहरू– कांग्रेस, एमाले, माके लगायत सबै संसदवादीहरु गलत दिशामा लम्किरहेका छन् । अहिलेको असफल ब्यवस्थामा बसेर विकास सम्भव छैन । भष्ट्राचार न्युनीकरण हुदैन।”
नयाँ जनवादको खुडकिलो पार गरेर बैज्ञानिक समाजवाद स्थापना भए भष्ट्राचार निर्मुल नै हुने उनले दावी गरे ।
पार्टीका अनुसार नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (बहुमत) र नेकपा (मशाल)बीचको एकतापछि पुनर्गठित पार्टीले हालसम्म देशभित्रका १६ ब्युरो र ७७ जिल्लामा डेढ महिनाको जनसम्बन्ध विस्तार अभियान सफलतापूर्वक सम्पन्न गरेको छ ।अभियानका क्रममा न्यायिक समिति गठन गरिएको जानकारी दिइएको छ, जसले अबदेखि भ्रष्टाचारमा संलग्नहरूलाई “जनस्तरमै कारबाही गर्ने” तयारी गरेको छ । घोषणा कार्यक्रममा थापाले अबदेखि नदीजन्य पदार्थको अवैध दोहन, सहकारी घोटाला, वित्तीय संस्थाबाट गरिएको ठगी तथा जनविरोधी निर्णयहरूविरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने बताए । उनका अनुसार, “अब भ्रष्टाचारको स्तरअनुसार सजाय जनताकै हातबाट हुनेछ । चेतावनी मात्र होइन, कारबाहीको चरण सुरु हुन्छ।”
पार्टीले देश भ्रष्टाचार सुचकांकमा १०७ औं अर्थात अति भ्रष्ट स्थानमा पुगेको उल्लेख गर्दै वर्तमान प्रणालीलाई जनविरोधी र जनतामाथि थोपिएको ब्यवस्था भनेको छ ।
त्यस्तै पार्टीका अर्का केन्द्रीय सदस्य एंव जिल्ला सेक्रेटरी रवि पाण्डेय जिल्लाका सातैपालिका अन्तरगतका कार्यालय, जिल्लास्थित सरकारी कार्यालय र सामाजिक एंव सामुदायिक संस्थाहरु संस्थागत भष्ट्रचारमा लिप्त रहेको बताए ।
उनले कार्यक्रममा बोल्दै भने, “यहाँ हामी भष्ट्राचार बिरोधी अभियान उद्घाटनमा छौ । एकथरि मान्छेहरु आजै कसरी बिल मिलाएर अकुत सम्पति कमाउने भन्ने ध्याउन्नमा छन् । स्थानीय तहका जनप्रतिनिधि देखि नोकरसाह सम्मको धन्दा भष्ट्राचार भएको छ । त्यसैले भष्ट्राचार बिरुद्ध जनतालाई संगठित गरेर प्रतिकार गर्छाै ।”
युवा नेता पाण्डेयले अभियानको पहिलो चरणमा उपचारात्मक हुने समेत जानकारी दिए । “सबैभन्दा पहिला जनताबाट आएका भष्ट्राचारका घटनाहरुको उजु्री न्यायिक समितिमा छलफल गर्छाै । न्यायिक समितिमा मुद्धा आइसकेपछि त्यसलाई बिधि सम्मत रुपले अनुसन्धान गरेर भष्ट्राचारको प्रकृति र कसुर सम्बन्धमा अनुसन्धान गरेर निष्र्कष निकाल्छौ । त्यस पछि सम्बन्धित अभियुक्तलाई सम्झाउने र दुरुपयोग गरेर जम्मा गरेको सम्पति फिर्ता गर्न आग्रह गर्छाै । हाम्रो आग्रहलाई कमजोरी ठान्ने वा अटेरी गर्नेहरुलाई सामाजिक बहिष्कार गर्न जनतालाई आब्हान गर्दै दोस्रो चरणमा उनीको भण्डाफोर गर्नेर्छाै । भण्डाफोरबाट पनि अभियुक्त नसच्चिएमा उनीहरुलाई जनताले नै कारवाही गर्नेछन् । जनकारवाहीमा हामीले जनतालाई प्रोत्साहित गर्नेछौ।”
भष्ट्राचारमा संलग्नलाई जनकारवाही कस्तो हुन्छ भन्ने बारे भने पार्टीका कुनै नेताले पनि पूरा जानकारी दिन चाहेनन् । सेक्रेटरी पाण्डेयले भने“जनकारवाही यस्तै हुन्छ भन्ने हुदैन । कसुरको गम्भिरता हेरेर जनताले नै त्यसको निर्धारण गर्ने गर्नेछन । तर, जनताले चाहेको जस्तो कारवाही हुन्छ । जनस्तरमै कारबाही हुन्छ ।” यो अभियान जनसंर्घष, जनप्रतिरोध र जनबिद्रोहमा परिणत हुने समेत पार्टीले जिकिर गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस